२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

टेलिकमको प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध हुने

ADV
मध्यान्ह
२०८१ साउन ३० गते २१:१३
टेलिकमको प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध हुने

काठमाडौं : अब सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने भएको छ । हाल प्रिपेड ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध नेपाल टेलिकमले जनाएको छ ।

सेवाग्राहीले स्टार १४१५ ह्यास डायल गरे पश्चात् उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनोट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए÷नभएको यकिन गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत बाहेकका अन्य देशमा यो सुविधा क्रमशः उपलब्ध हुने जनाएको छ ।

भारतमा भने यो सेवा उपयोग गर्न कम्पनीका ग्राहकले नेपालमै रहँदा आफ्नो मोबाइलबाट यूएसएसडी कोड स्टार १४१५७ ह्यास डायल गरी वा नेपाल टेलिकम एपमार्फत् अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सकिन्छ ।

नेपालमा भएको समयमा रोमिङ सेवा एक्टिभ नगरी विदेश गएमा त्यहीँबाट पनि यो सेवा एक्टिभ गर्नका लागि इमेलमार्फत् अनुरोध गर्न सकिन्छ । नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत् हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise