२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आइएमईको सीईओमा दिवाकर पौडेल नियुक्त

ADV
मध्यान्ह
२०८१ साउन ३० गते २१:१४
आइएमईको सीईओमा दिवाकर पौडेल नियुक्त

काठमाडौं : आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवाकर पौडेल नियुक्त भएका छन् । आइएमई रेमिट्यान्स तथा जीएमई रेमिट्यान्सको मर्जरबाट स्थापित आइएमई लिमिटेडको सीईओमा पौडेल नियुक्त भएका हुन् । दुई रेमिट कम्पनी मर्ज भएर आइएमई लिमिटेडको नामबाट बुधबारदेखि एकीकृत कारोबार शुरु भएको हो । मर्जपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ । 

रेमिट्यान्स कारोबार रकमका आधारमा आईएमई पहिलो र जीएमई तेस्रो ठुला कम्पनी हुन् । मर्ज पछि कम्पनीको कारोबार मासिक ३० अर्बभन्दा बढी हुने अनुमान छ । आइएमई देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो भने जीएमई जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो । मर्जरसँगै  आइएमईले १० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise