२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘नाडा अटो शो’को तयारी पूरा

ADV
मध्यान्ह
२०८१ साउन ३० गते २१:१६
‘नाडा अटो शो’को तयारी पूरा

काठमाडौं : नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले  भदौ ११ गतेदेखि १६ गतेसम्म गर्ने नाडा अटो शो तयारी पूरा भएको जनाएको छ । नाडाले बुधबार पत्रकार सम्मेलन गरी नाडा अटो शो २०२४ को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । 

काठमाडौंको भृकुटीमण्डपमा हुनेले नेपाल अटोमोवाइल उद्योगलाई प्रोत्साहन गर्ने नाडाका अध्यक्ष करण चौधरीले बताए । 

नाडा अटो शोको टाटा ईभी मुख्य प्रयोजक र शिखर इन्स्योरेन्स सह प्रायोजक रहेका छन् । प्रदर्शनीमा २४ चार पाग्रो ब्राण्ड, १९ दुई पाग्रे ब्राण्ड र १२ व्यवसायिक सवारी साधनका ब्राण्ड रहनेछन् । साथै ३३ कम्पनी कम्पनीहरु लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्याजेट उपकरण र अन्य अटो कम्पोनेन्टहरु सहभागी हुने छन् । 

सात वित्तीय संस्थाहरुसहित शो मा ९५ प्रदर्शकहरु सहभागी हुने छन् । जसले एक सय ३० वटा स्टलहरुमा आफ्ना उत्पादनहरु र सेवाहरु प्रदर्शन गर्ने मेलाका कार्यवाहक संयोजक अनुप कुमार  बरालले बताए ।  अटो शो ७५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise