२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

विश्व बैंकले नेपाललाई बजेटरी सहायता वृद्धि गर्ने

ADV
मध्यान्ह
२०८१ साउन ३१ गते २०:४५
विश्व बैंकले नेपाललाई बजेटरी सहायता वृद्धि गर्ने

काठमाडौं : विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बिहीबार भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहायता वृद्धि गर्ने जानकारी दिएका हुन् ।

उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका छन् । विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई दुई सय पाँच मिलियन अमेरिकी डलर प्राप्त भएको थियो ।

अर्थमन्त्री पौडेलले नेपालमा स्थीर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरु समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताएका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise