२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्राधिकरण विभाजन विधेयकको मस्यौदा तयार

ADV
मध्यान्ह
२०८१ साउन ३१ गते २१:०९
प्राधिकरण विभाजन विधेयकको मस्यौदा तयार

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयकको मस्यौदा तयार गरिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बिहीबार सिंहदरबारमा भएको वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनसम्बन्धी छलफलमा मन्त्रालयकातर्फबाट प्रस्तुती दिँदै उनले क्यान विभाजनसम्बन्धी विधेयक आर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको जानकारी दिए । 

‘मन्त्रालयले क्यानलाई अलग बनाउने कानूनका मस्यौदा अगाडि बढाएको हो, क्यान विभाजनसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेस नभई निष्क्रिय भएको थियो’, सचिव पाण्डेले भने । क्यानलाई हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन बेग्लाबेग्लै संरचनाबाट गर्न ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले विसं २०७६ फागुन ११ गते राष्ट्रियसभामा दर्ता गराएका थिए । विसं २०७८ साउन १८ गते राष्ट्रियसभाबाट पारित उक्त विधेयक विसं २०७९ असोज १ मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको थियो ।

मन्त्रालयले संस्कृति नीति तयार गरेको जानकारी दिँदै सचिव पाण्डेयले चालु आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाइएको बताए । अघिल्लो आर्थिक वर्ष १० लाख १४ हजार आठ सय ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालमा पर्यटकको औसत बसाई १३ दिन रहेकामा १३ दशमलव ५ पु¥याउने लक्ष्य रहेको उनको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise