२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

विभिन्न कार्यक्रमसहित ग्रामीण विकास लघुवित्तको वार्षिकोत्सव सम्पन्न

Nada
२०८१ साउन ३१ गते २१:१२
Shares
विभिन्न कार्यक्रमसहित ग्रामीण विकास लघुवित्तको वार्षिकोत्सव सम्पन्न

विराटनगर : ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव सम्पन्न गरेको छ । २०७१ साल साउन ३० गते पाँचवटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरु एकीकृत भइ स्थापना भएको यस संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमहरुको आयोजना गरी मनाएको हो ।

ncell

संस्थाको बिराटनगर स्थित संचालन तथा सुपरिवेक्षण कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गतका ४२ वटा शाखा कार्यालयहरुबाट छनोट गरिएका ४८ जना उत्कृष्ट महिला सदस्यहरुलाई जनही दश हजार रुपैयाँको दरले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्‍यो । कार्यक्रममा सहभागी सदस्यहरुलाई दूरी अनुसार एक हजार देखि पाँच हजार सम्म यातायात तथा खाना खर्च पनि उपलब्ध गराइएको थियो ।

झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी र उदयपुरका विभिन्न स्थानका सदस्य तथा अभिभावकहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको संस्थाले जनाएको छ । प्रशिक्षकद्वय मोतिराम अधिकारी र कुमार बहादुर सिंहले सो विषयमा विशेष कक्षा सञ्चालन गरेका थिए । वार्षिकोत्सवकै अवसरमा संस्थाले २५ वर्ष अनवरत सेवा पुर्‍याएका ६४ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक र कदरपत्रद्वारा सम्मान गरेको छ ।

कार्यक्रमको अध्यक्षता संचालन तथा सुपरिवेक्षण कार्यालय प्रमुख कुमार बहादुर सिंहले गरेका थिए भने प्रमुख अतिथिको रुपमा विभागीय प्रमुख मोतिराम अधिकारी उपस्थित थिए । प्रबन्धक गोविन्द प्रसाद ढुंगेलले स्वागत मन्तव्य दिएका थिए र कार्यक्रम संचालन सहायक अधिकृत युवराज भट्टराईले गरेको संस्थाले जनाएको छ ।

सम्बन्धित खबर