२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स सम्पन्न

ADV
मध्यान्ह
२०८१ साउन ३१ गते २१:१४
नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स सम्पन्न

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सको आयोजनामा ‘शेपिङ द फ्यूचर’ भन्ने नाराका साथ चार दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स सम्पन्न भएको छ ।

सो अवसरमा कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचांकमा कम्पनीले उत्कृष्ट स्थान हासिल गरेको बताइन् ।

साथै उनले बीमित, अभिकर्ता, व्यवस्थापन र कर्मचारीहरुको अथक मेहनत, परिश्रम र लगनशिलताको कारणले यो स्थान हासिल गरेको भन्दै सबै धन्यवादको पात्र भएको पनि बताइन् । 

सोही अवसरमा उनले सो अवधिमा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखालगायत सबैभन्दा बढि प्रिमियम संकलन गर्ने शाखा कार्यालयलाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् ।

जीवन बीमा व्यवसायसँग सम्वन्धित विभिन्न पाटोहरु र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचनागरी आव २०८१/८२ को लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनमा विभागीय प्रमुख तथा प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीसमेत गरेर दुई सय जनाभन्दा बढीको सहभागिता थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise