२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

राष्ट्र बैंकमा कर्मचारी दरखास्त आवह्वान

ADV
मध्यान्ह
२०८१ साउन ३२ गते ११:४९
राष्ट्र बैंकमा कर्मचारी दरखास्त आवह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी दरखास्त आवह्वान गरेको छ । केन्द्रीय बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि)का लागि कुल ५२ जना कर्मचारी आवह्वान गरेको हो ।

जसमा राष्ट्र बैंकले सहायक निर्देशकका लागि ३४ जना, सहायककालागि १३ जना र सहायक (सूचना प्रविधि) का लागि पाँच जना कर्मचारी माग गरेको हो । सहायक निर्देशकको लागि अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले भदौ २० गतेसम्म आवेदन दिन सक्ने केन्द्रीय बैंकले जनाएको छ । साथै दोब्बर दस्तुर तिरेर भने भदौ २७ गतेसम्म आवेदन दिन सक्ने सकिने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise