२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

कांग्रेस महाधिवेशन : नवीन थापाको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

Nada
२०८३ असोज ११ गते १९:११
Shares
कांग्रेस महाधिवेशन : नवीन थापाको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

सोलुखुम्बु : नेपाली कांग्रेसका युवा नेता नवीन थापाले पार्टीको १५औं महाधिवेशनमा सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

ncell

पार्टी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थापा नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व जिल्ला सदस्य समेत हुन् ।

युवा पुस्ताको प्रतिनिधित्व र पार्टीको संगठनमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित आफूले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएको थापाले बताएका छन् ।

पार्टीको नीति, विचार र संगठनलाई थप सुदृढ बनाउन युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै थापाले महाधिवेशनमार्फत आफूलाई प्रतिनिधिका रूपमा अघि सारेको बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर