२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

अनरले ल्यायो चाडपर्वलक्षित 'तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार' योजना

Nada
२०८३ असोज १९ गते १४:४३
Shares
अनरले ल्यायो चाडपर्वलक्षित 'तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार' योजना

काठमाडौं : अनर नेपालले आगामी चाडपर्वको अवसरमा ग्राहकहरूका लागि 'तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार' नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ । यो अफर अक्टोबर ४ देखि नोभेम्बर १५ सम्म लागू हुने अनरले जनाएको छ ।

ncell

यस योजनाअन्तर्गत अनरका योग्य स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहकहरूले उपहार कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । अभियान अवधिभर हरेक दिन १० जना भाग्यशाली विजेताले 'अनर एक्स७ई एक्टिभ इयरबड्स' प्राप्त गर्नेछन् । त्यसैगरी, दैनिक ३ जना भाग्यशाली विजेताहरूले 'अनर वाच २ प्रो' जित्न सक्नेछन् । यसका साथै, उत्सवको खुसीलाई थप बढाउन कुल ८ जना भाग्यशाली विजेताहरूले थाइल्याण्ड भ्रमणको बम्पर उपहार पाउने अनरले जनाएको छ ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकले अनरको स्मार्टफोन वा ट्याब्लेट खरिद गरेपछि म्यासेज बक्समा गइ 'HONOR' टाइप गरी एक स्पेस छाडेर उपकरणको इएमइआई नम्बर वा एसएन नम्बर लेखी ३५००१ मा म्यासेज पठाउनुपर्नेछ । अनरले नवीन प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धताअनुरुप ग्राहकहरूका लागि यो आकर्षक योजना ल्याएको बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर