२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मनसुनजन्य विपद् : ६९ दिनमा १८१ जनाको मृत्यु

ADV
शिव विक
२०८१ भदौ २ गते ०६:३५
मनसुनजन्य विपद् : ६९ दिनमा १८१ जनाको मृत्यु

काठमाडौं : यस वर्षको मनसुन सुरु भएयता बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १८१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शनिबार दिउँसोसम्म १ सय ८१ जनाको मृत्यु भएको हो । 

मनसुनजन्य विपद्को ६९ दिनमा १८१ जनाको मृत्यु भएको हो । काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ । 

कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८१ जनाको मृत्यु भएको हो । 

काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना घाइते भएका छन् ।

गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १५ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २९ जना घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि स्थानीय अस्पतालमा भएको छ । 

काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जनाको जनाको उद्दार गरिएको छ । लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ । 

बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना वेपत्ता भएका छन् । लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ५० जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय १० वटा घर, १ सय ७ वटा गोठ, ४९ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय ३० वटा पशु चौपायको मृत्यु भएको छ । 

मनसुनजन्य विपद्को ६९ दिनको अवधिमा विपद्का घटनाबाट ४ हजार ६ सय ८९ घर परिवार विस्थापित भएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise