२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

सशस्त्रका एआइजी वंशीराज दाहाल निलम्बित

Nada
२०८३ असोज १९ गते २०:०५
Shares
सशस्त्रका एआइजी वंशीराज दाहाल निलम्बित

काठमाडौं : गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ । सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको आरोप लागेपछि मन्त्रालयले दाहालमाथि तत्काल प्रशासनिक कारबाही अघि बढाएको हो ।

ncell

मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल, नेपालले दाहालको क्रियाकलाप पदीय आचरणविपरीत रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा २०८३ असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरिएको हो । साथै, घटनाबारे विस्तृत जाँचबुझ गर्न एक अधिकृत तोकिएको छ, जसलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

गृह मन्त्रालयले आफ्ना मातहतका सुरक्षा निकायमा हुने अनुशासनहीन गतिविधि, गोप्य सूचनाको चुहावट तथा शान्ति–सुरक्षामा असर पार्ने कार्यमाथि निरन्तर निगरानी भइरहेको जनाएको छ । यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ ।

दाहालमाथि लागेको आरोप पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पक्राउसँग जोडिएको बताइएको छ । गत साता राणालाई नियन्त्रणमा लिएपछि उनी टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको र त्यसपछि पक्राउसम्बन्धी सूचना बाहिरिएको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर