२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

कोहलपुरमा स्वास्थ्यकर्मीमाथि हातपातको आरोप, निष्पक्ष छानबिनको माग

Nada
२०८३ असोज २० गते १८:०४
Shares
कोहलपुरमा स्वास्थ्यकर्मीमाथि हातपातको आरोप, निष्पक्ष छानबिनको माग

काठमाडौँ : बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा हातपात भएको भनिएको घटनाको निष्पक्ष छानबिन गर्न चार पेसागत संगठनले माग गरेका छन् ।

ncell

नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ र नेपाल जनस्वास्थ्य संघले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषी पाइए कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन् ।

संगठनहरूले आरोपकै आधारमा कार्यस्थलमा प्रवेश गरी स्वास्थ्यकर्मीमाथि गालीगलौज वा हातपात गर्नु स्वीकार्य नहुने बताएका छन् । स्वास्थ्यकर्मीबाट गल्ती पुष्टि भए कानुनी कारबाहीमा आफ्नो विमति नरहेको स्पष्ट पार्दै उनीहरूले छानबिनअघि नै कसैलाई दोषी करार नगर्न आग्रह गरेका छन् ।

यस्ता घटनाले स्वास्थ्यकर्मीको मनोबलमा असर पार्नुका साथै स्वास्थ्य सेवा प्रवाहसमेत प्रभावित हुन सक्ने भन्दै उनीहरूले कानुनी प्रक्रियामार्फत जिम्मेवारी निर्धारण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

ताजा खबर

सम्बन्धित खबर