२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल सर्वसम्मत

Nada
२०८३ असोज २० गते १९:१३
Shares
शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल सर्वसम्मत

काठमाडौं: शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । उनी मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक हुन् । शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारहरूको संस्था शिक्षा पत्रकार समूहको काठमाडौंमा सोमबार भएको २७औं साधारणसभा तथा १३औं अधिवेशनबाट नेपालको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । नेपाल यसअघि समूहका वरिष्ठ उपाध्यक्ष थिए ।

ncell

समूहको वरिष्ठ उपाध्यक्षमा रोहन क्षेत्री गाउँले, उपाध्यक्षमा नवराज चालिसे, महासचिवमा सञ्जीप घिमिरे शुभचिन्तक, सचिवमा रोजिना थापा कार्की र कोषाध्यक्षमा सबिना बानियाँ चयन भएका छन् भने सदस्यमा कृष्णसिंह धामी, अञ्जीरसिंह विक र गोपाल संग्रौला चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

साधारणसभाका अवसरमा समूहले शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।

गत भदौ १० गतेको भोटेकोशी बाढीका क्रममा विद्यार्थीलाई सुरक्षित राख्न सफल नुवाकोटको त्रिशूली त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, शिक्षा पत्रकार समूहका संस्थापक अध्यक्ष राजन शर्मा, नवप्रवर्तनात्मक कार्यका लागि रानीवारी माध्यमिक विद्यालयकी विद्यार्थी बेबिसा मगराती, शिक्षक जिलेशन साह तथा संस्थागततर्फ सेभ द चिल्ड्रेनलाई सम्मान गरिएको थियो । संस्थापक शर्मालाई दिइएको शिक्षा पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा र नेपाल पत्रकार महास‌घका अध्यक्ष निर्मला शर्माले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर