२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

‘गान्धी पिस इन्टरनेसनल मोटिभेसनल अवार्ड’ अरविन्द कुमार चौधरीलाई प्रदान

Nada
२०८३ असोज २० गते २०:४५
Shares
‘गान्धी पिस इन्टरनेसनल मोटिभेसनल अवार्ड’ अरविन्द कुमार चौधरीलाई प्रदान

काठमाडौं : नेपालका अरविन्द कुमार चौधरीलाई प्रतिष्ठित ‘गान्धी पिस इन्टरनेसनल मोटिभेसनल अवार्ड २०२६ नेपाल’ को दोस्रो संस्करणअन्तर्गत ‘बेस्ट सोसल यूथ एक्टिभिस्ट’ अर्थात् उत्कृष्ट सामाजिक युवा अभियन्ताको सम्मान प्रदान गरिएको छ ।

ncell

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित भव्य समारोहमा चौधरीलाई उक्त सम्मान प्रदान गरिएको हो । समाज र राष्ट्रको उत्थानका लागि उनले गरेको योगदान, समर्पण तथा उल्लेखनीय उपलब्धिको कदर गर्दै उनलाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष एवं पूर्वसांसद डा. सी.के. राउत प्रमुख अतिथिका रूपमा उपस्थित थिए । डा. राउतले चौधरीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

ए.बी.एम.को आयोजनामा सम्पन्न पुरस्कार समारोहमा ए.बी.एम.का अध्यक्ष अनिल भगत, गणेश बहाडी, भरत बहाडी र सन्तोषकुमार शर्मालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो । 

समरी इन्टरनेसनल प्रालि., आभा फाउन्डेसन, एस. राज प्रोडक्सन तथा मानव सेवा फाउन्डेसन ट्रस्टलगायत संस्थाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । 

‘विजेताहरूको उत्सव मनाउने, उत्कृष्टताको सम्मान गर्ने र भविष्यलाई प्रेरित गर्ने’ मूल नाराका साथ आयोजित कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । 

चौधरीलाई प्रदान गरिएको सम्मानले नेपालका युवालाई सामाजिक क्षेत्रमा सक्रिय हुन थप प्रेरणा प्रदान गर्ने आयोजकको विश्वास छ । साथै, राष्ट्रिय विकासमा युवाको भूमिका थप सशक्त बनाउन यस्ता सम्मानले सकारात्मक ऊर्जा प्रदान गर्ने बताइएको छ ।

सम्बन्धित खबर