
दुबई : कास्की आदर्श समाज, युएईको नयाँ नेतृत्वमा श्रीराम रानाभाट निर्वाचित भएका छन् । समाजको सातौँ अधिवेशन तथा १२औँ वार्षिक साधारण सभाले रानाभाटको अध्यक्षतामा २०२६–२०२८ कार्यकालका लागि १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
४ अक्टोबर २०२६, आइतबार सम्पन्न अधिवेशन तथा साधारण सभा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। नयाँ कार्यसमितिले संस्थाको सामाजिक अभियानलाई थप प्रभावकारी बनाउँदै युएईमा रहेका नेपाली समुदायको हित, एकता र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ ।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विनोद केसी, महिला उपाध्यक्षमा शशिला गुरुङ तमुस्यो तथा उपाध्यक्षमा बुद्धिबहादुर रानाभाट र गोपाल अधिकारी चयन भएका छन् ।
त्यस्तै, महासचिवमा प्रकाश त्रिपाठी, सचिवमा सागर रानाभाट, कोषाध्यक्षमा गणेश बास्तोला र सह–कोषाध्यक्षमा शिव ढुङ्गाना निर्वाचित भएका छन् ।
सदस्यहरूमा जमुना परियार, बाबुराम आचार्य, दिनेश सुनार, दीपक रानाभाट, पूर्णिमा घिसिङ, रोहित भण्डारी र भीमसेन केसी रहेका छन् ।
नयाँ नेतृत्वसँगै कास्की आदर्श समाज युएईले सामाजिक सेवा, नेपाली समुदायबीचको एकता, आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउँदै नयाँ ऊर्जा र योजनासहित अघि बढ्ने विश्वास लिएको छ ।
समाजको आगामी कार्यकाललाई थप उपलब्धिमूलक, सेवामुखी तथा समुदायकेन्द्रित बनाउन नवनिर्वाचित कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।