२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले पाए ३७५ मत 

Nada
२०८३ असोज २४ गते ०६:५९
Shares
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्।

ncell

शुक्रबार भएको मतदानको मतगणना शनिबार बिहान सम्पन्न हुँदा उनी अत्यधिक बहुमतले निर्वाचित भएका हुन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा राति अबेरदेखि मतगणना गरिएको थियो।

महाधिवेशनको सञ्चार केन्द्रका अनुसार सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाए। कुल ५४ मत बदर भएको थियो।

निर्वाचन समितिका अनुसार ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।

सम्बन्धित खबर