२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

दिल्ली भ्रमणको महत्व

ADV
२०८१ भदौ ३ गते ०६:३५
दिल्ली भ्रमणको महत्व

भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमण गरेलगत्तै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा नयाँ दिल्ली पुगेका छन् । मिश्री र राणा दुवैको एकअर्का देशको पहिलो भ्रमण हो । भारतको विदेश सचिव नियुक्त भएलगत्तै मिश्रीले भुटानको भ्रमण गरेका थिए । भुटानपछि नेपाललाई प्राथमिकतामा राखेर मिश्रीले भ्रमण गरे । मिश्रीले परराष्ट्रमन्त्री डा.राणालाई भारत भ्रमणको निम्तो दिएका थिए । त्यही निम्तो अनुसार परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्ली पुगेकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि डा.राणाको पहिलो विदेश भ्रमण हो । पहिलो विदेश भ्रमणका रुपमा डा. राणा नयाँ दिल्ली पुगेकी हुन् । सोमबार मन्त्री डा.राणाले भारतीय विदेश मन्त्री एस जयशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको छ । 

परराष्ट्रमन्त्री डा.राणाको भारतीय प्रधानमन्त्री मोदी र विदेश मन्त्री जयशंकरसँग हुने भेटलाई चासोका साथ हेरिएको छ । किनकि तेस्रोपटक प्रधानमन्त्री भएपछि मोदीले नेपाल भ्रमण गरेका छैनन् । मोदीले मात्र नभएर विदेशमन्त्री जयशंकरले पनि नेपाल भ्रमण गरेका छैनन् । मोदीले जस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विदेश भ्रमण गरेका छैनन् । गत ३१ असारमा तेस्रोपटक प्रधानमन्त्री बनेका ओलीले पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु गर्दैछन् । ओलीको विदेश भ्रमण परम्परा तोडेर हुँदैछ । किनकि नेपालका प्रधानमन्त्रीले प्रायः भारतबाट विदेश भ्रमण थाल्ने परम्परा रहँदै आएको छ । तर प्रधानमन्त्री ओलीले त्यो परम्परा तोड्दैछन् । यसअघि केही प्रधानमन्त्रीले मात्र पहिलो विदेश भ्रमण भारत बाहेकका देशबाट गरेका छन् । 

त्यसैले परराष्टमन्त्री डा.राणाको भारत भ्रमणलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओलीले पहिलो विदेश भ्रमण भारतबाट नगरेपनि परराष्ट्रमन्त्री राणाले मोदीसँग दुई देशबीचको सम्बन्ध र वर्तमान सरकारबारे कुरा गर्ने प्रष्ट छ । प्रधानमन्त्री ओलीको सन्देश समकक्षी मोदीसामू राख्ने पनि प्रष्ट छ । त्यसैले यो भ्रमण चासोपूर्ण छ । अझ प्रधानमन्त्री ओलीको पृष्ठभूमिका कारणले पनि यो भ्रमण अर्थपूर्ण छ । किनकि ओली भारतीय स्वार्थलाई लगातार चुनौती दिदै आएका नेता हुन् । प्रधानमन्त्री ओलीले मुलुकको हितमा लिएको अडान स्वागतयोग्य नै छ । तर छिमेकी मुलुकसँग सम्बन्ध सुधार्नु दुवै तर्फका कार्यकारी प्रमुखको दायित्व पनि हो । त्यो दायित्व पूरा गर्नेगरी मन्त्री राणाको भ्रमणले बातावरण तयार पार्नु उचित हुन्छ । तर राजनीतिक अस्थिरता निम्त्याउने र मुलुकको अहितमा कुनैपनि बचनबद्धता गरिन हुन्न ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise