२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

चीनको कोइला खानीमा दुर्घटना हुदाँ सात जनाको मृत्यु

draupadi film
मध्यान्ह
२०८१ भदौ ५ गते १६:३५
चीनको कोइला खानीमा दुर्घटना हुदाँ सात जनाको मृत्यु

काठमाडौंः चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तस्थित कोइला खानीमा बुधबार दुर्घटना हुदाँ सात जनाको मृत्यु भएको स्थानीय आपतकालीन व्यवस्थापन अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार घटनामा एक जना फसेका छन् ।  

सिसिटिभीका अनुसार दुर्घटना सिचुआन प्रान्तको लेसान सहरको कोइला खानीमा कामदारले भेन्टिलेसनबाट हावा पठाउन काम गरिरहेका समय बिहान १० बजे भएको थियो ।  

खोज तथा उद्धार टोलीले समाचार तयार पार्दासम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ भने एकजना व्यक्ति अझै बेपत्ता भएकाले खोजी र उद्धार कार्य जारी छ । दुर्घटनाको कारणबारे खोज तथा अनुसन्धान भइरहेको छ । थप विवरण आउन बाँकी छ । (एजेन्सी)

ADV

सम्बन्धित खबर

Advertise