२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु

draupadi film
मध्यान्ह
२०८१ भदौ ६ गते १५:४८
अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु

काठमाडौंः अफगानिस्तानमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको देशको राष्ट्रिय विपद् प्राधिकरणले बुधबार राति जनाएको छ । 

पछिल्लो केही दिनयता अफगानिस्तानका केही भागहरूमा आएको आकस्मिक बाढीका कारण १० जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको प्राधिकरणका प्रवक्ता मुल्लाह जनान स्याकले बताए ।  

उनका अनुसार बाढीले निम्त्याएको प्राकृतिक प्रकोपका कारण १०० वटा आवासीय घरहरू पनि पूर्ण वा आंशिक रूपमा क्षति भएका छन्भने खेतीबालीमा समेत गम्भीर क्षति पुगेको छ । 

प्रान्तीय सरकारले सबै प्रान्तीय अधिकारीहरूलाई बाढी प्रभावितलाई तत्काल उद्धार गरी आवश्यक प्रक्रिया अघि बढाउन आदेश दिएको छ । यो वर्षको मेपछि अफगानिस्तानमा वर्षाजन्य विभिन्न दुर्घटनाहरूमा करिब ४०० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । 

ADV

सम्बन्धित खबर

Advertise