२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

चीनका लागि जासुसी गरेको अभियोगमा चिनियाँ मुलका अमेरिकी ताङविरूद्ध मुद्दा दर्ता

Nada
२०८१ भदौ ६ गते १६:२६
Shares
चीनका लागि जासुसी गरेको अभियोगमा चिनियाँ मुलका अमेरिकी ताङविरूद्ध मुद्दा दर्ता

काठमाडौंः सन् १९८९ मा चीनको प्रजातान्त्रिक आन्दोलनमा भाग लिएका न्यूयोर्कका एक व्यक्तिलाई संयुक्त राज्य अमेरिकामा चिनियाँ सरकारको अवैध एजेन्टको रूपमा काम गरेको आरोपमा बुधबार अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

ncell

करिब २० वर्षअघि पौडी खेलेर ताइवान नियन्त्रित टापुमा पुगेका ६७ वर्षीय ताङ युआनजुनलाई पछि अमेरिकाले राजनीतिक शरण दिएको थियो । उनलाई बुधबार पक्राउ गरिएको थियो भने छिट्टै जिल्ला न्यायाधीशसमक्ष उपस्थित गराइने बताइएको छ । 

उनीविरूद्ध सन् २०१८ देखि सन् २०२३ सम्म संयुक्त राज्य अमेरिकामा जनवादी गणतन्त्र चीनको एजेन्टको रूपमा काम गरेको अभियोग लगाइएको न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ताङले ‘जनगणतन्त्र चीनको प्रमुख नागरिक गुप्तचर निकाय, राष्ट्रिय सुरक्षा मन्त्रालय (एमएसएस) को निर्देशनमा काम गरेको देखिएको छ’, अमेरिकी न्याय मन्त्रालयलले भनेको छ ।

ताङले एमएसएसका अधिकारीहरूलाई ‘जनगणतन्त्र चीनले सम्भावित विरोधीका रूपमा हेरेका व्यक्ति र समूह’ को बारेमा जानकारी प्रदान गरेको र यसमा ‘अमेरकास्थित प्रमुख चिनियाँ प्रजातन्त्रवादी अभियन्ता र असन्तुष्टहरू’ समावेश छन् । उनले आफ्नो एमएसएससँग कुराकानी गर्न प्रयोग गरिने इमेल अकाउन्टमा पहुँच नभएको दाबी गर्दै सङ्घीय अनुसन्धान विभागमा झूट बोलेको आरोप पनि लगाइएको छ ।

बिहीबार एएफपीले यस मामिलाबारे सोधेको प्रश्नमा बेइजिङको विदेश मन्त्रालयले ‘उक्त विवरणबारे आफूलाई जानकारी नभएको’ बताएको छ । चीनको उत्तरपूर्वी जिलिन प्रान्तका बासिन्दा ताङलाई सन् १९८९ मा बेइजिङको तियानआनमेन स्क्वायरमा भएको हिंसात्मक झडपमा भाग लिएको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको थियो ।

आठ वर्ष जेल बसाइपछि उनी रिहा भएका थिए । सन् २००२ मा ताइपेइस्थित एक अधिकार समूहका अनुसार ताङ चीनमा प्रजातन्त्रको पक्षमा वकालत गर्न सक्रिय रहे र ताइवान भाग्नुअघि उनलाई अधिकारीहरूले बारम्बार हिरासतमा लिने, सोधपुछ गर्ने र उत्पीडन गर्ने गरेका थिए । (एजेन्सी)

सम्बन्धित खबर