२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

थाईल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

Nada
२०८१ भदौ ७ गते १५:०५
Shares
थाईल्याण्डमा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

काठमाडौंः थाईल्याडको राजधानी बैंकको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले शुक्रबार जनाएका छन् । विमान बिहीबार चाचेओङ्साओ प्रान्तको जङ्गलमा खसी दुर्घटनाग्रस्त भएपछि जहाजमा रहेका सबै व्यक्तिहरूको मृत्यु भएको अनुमान गरिएको थाई अधिकारीहरूले जनाएका छन् ।  

ncell

दुई पाइलट तथा सात जना यात्रुसहित नौ जना सवार जहाज बैंकको सुवर्णभूमि विमानस्थलबाट थाइल्यान्डको खाडीस्थित ट्राट प्रान्ततर्फ जाँदै गर्दा दुर्घटना भएको स्रोतले जनाएको् छ । दुर्घटनापछि बेपत्ता व्यक्तिहरूलाई खोज्ने प्रयास गरिरहेको बताउँदै विमानमा सवार सबै जनाको मृत्यु भइसकेको चाचोङ्साओका गभर्नर चोन्लेटी याङट्रोङ्गले घटनास्थलमा पत्रकारहरूलाई जानकारी दिए ।  

स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजमा सवार यात्रुहरूमा दुई बालबालिकासहित चार थाई र पाँच चिनियाँ नागरिक थिए । दुर्घटनाग्रस्त विमानको खोजी कार्यका लागि ३०० भन्दा बढी सैन्य कर्मचारी र स्वयंसेवक तैनाथ गरिएको छ भने अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरीसकेका छन् ।

खोजीकर्ताहरूले दुर्घटनामा परेका मानिसहरूका शरीरका केही अङ्ग तथा विमानका टुक्राहरू फेला पारेको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार भारी वर्षाका कारण खोजी कार्यमा बाधा पुगेको छ । तर चोन्लेटीले वेपत्ताहरू फेला नपारेसम्म खोजीकार्य नरोकिने उल्लेख गरे ।  

सम्बन्धित खबर