२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जर्मनीमा चक्कु प्रहारबाट तीन जनाको मृत्यु, चार जना गम्भीर घाइते

ADV
मध्यान्ह
२०८१ भदौ ८ गते १२:५३
जर्मनीमा चक्कु प्रहारबाट तीन जनाको मृत्यु, चार जना गम्भीर घाइते

जर्मनी : पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ  ।

प्रहरीले संदिग्ध आक्रमणकारीको खोजी जारी राखेको बताएको छ ।  “अहिलेसम्म आतङ्ककारीबारे कुनै विस्तृत विवरण छैन, प्रहरीले फोटो र भिडियोसहित अनलाइन पोर्टलमार्फत शुक्रबार राती भएको आक्रमणको जानकारी खोजिरहेको छ”,डुसेलडोर्फ सहरका एक प्रहरी प्रवक्ताले बताए ।

आक्रमणको लगत्तै विशेष प्रहरी बलको टोली हेलिकप्टरसहित घटनास्थलमा पुगेको थियो । आक्रमणकारीले “मानिसहरूलाई अन्धाधुन्ध छुरा प्रहार गरेको” बिल्ड दैनिकले जनाएको छ । 

सोलिनजेन सहरको ६५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित महोत्सवमा यो आक्रमण भएको हो ।  सोलिनजेनका मेयर टिम–ओलिभर कुर्जबाचले घटनाबाट सम्पूर्ण सहर स्तब्ध भएको बताए । 

“हामी सबै मिलेर सहरको वार्षिकोत्सव मनाउन चाहन्थ्यौं तर अहिले यस अप्रिय घटनामा मृत्यु हुनेप्रति शोक व्यक्त गरिरहेका छौ”, कुर्जबाचले भने ।

कुर्जबाचले घटनास्थलमा गरेको कामको लागि आपत्कालीन सेवालाई धन्यवाद दिए । आक्रमणको प्रत्यक्षदर्शीप्रति सहानुभूति प्रकट गरेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise