२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

लेबनानको आक्रमण पछि इजरायलमा आपतकाल घोषणा

ADV
मध्यान्ह
२०८१ भदौ ९ गते १३:१६
लेबनानको आक्रमण पछि इजरायलमा आपतकाल घोषणा

काठमाडौँ : इजरायलमा आपतकाल घोषणा गरिएको छ । हिजबुल्लाहसँगको तनाव उत्कर्षमा पुगे पछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले देशभर आपतकाल घोषणा गरेका हुन् ।

बीबीसीका अनुसार प्रधानमन्त्री नेतन्याहूले हिजबुल्लाहको विभिन्न केन्द्रमाथि आक्रमण गरिएको हुँदा उसको जवाफी कारबाहीलाई ध्यानमा राखी ४८ घन्टाका लागि देशभर आपतकाल लागू गरिएको बताए ।

राजधानी तेल अभिवमा इमरजेनसी नेशनल सेक्योरिटी मिटिङ्गलाई सम्बोधित गर्दै भने, ‘हामी आफ्नो देशको रक्षा गर्न र आफ्ना नागरिकलाई सुरक्षित रूपले उनको घरसम्म पुर्याउनका लागि तयार छौं । जोकोहीले हामीलाई चोट पुर्याउने काम गर्छ हामी पनि उसलाई चोट दिन्छौँ।’

उनले इजरायली सेना हिजबुल्लाहको आक्रमणको तयारीबारे पत्ता लगाउन दिनरात खटिरहेको पनि बताए । आइतवार उत्तरी इजरायलमा रकेट आक्रमणका कारण साइरन बन्ज थालेको छ । हालसम्म आक्रमणमा भएको मानवीय वा अन्य क्षतिबारे कुनै जानकारी सार्वजनिक भएको छैन ।

आईडीएफले एक बयान जारी गर्दै हिजबुल्लाहले लेबनानको तर्फबाट १५० वटा रकेट इजरायलमाथि आक्रमण गरेको बताएको छ । तर, हिजबुल्लाहले भने ३२० भन्दा बढी रकेट आक्रमण गरिएको दावी गरेको छ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise