२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते ११:०५
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु

गाजा  : गाजा सहरको समुद्री तटमा एक भेलामा इजरायली हवाई आक्रमणमा सोमबार कम्तीमा सात प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले बताएका छन् ।

इजरायली ड्रोनले प्यालेस्टिनीहरूको भेलालाई निशाना बनाउँला सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्रोतहरूले सिन्ह्वालाई बताएका छन् । इजरायली सेनाले कथित आक्रमणबारे कुनै टिप्पणी गरेको छैन ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिन–इजरायली द्वन्द्व सुरु भएदेखि पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ३० जनाको मृत्यु भएको र अन्य ६६ जना घाइते भएका छन् । यसबाट कूल मृत्यु हुनेको सङ्ख्या ४० हजार चार सय ३५ पुगेको र ९३ हजार पाँच सय ३४ घाइते भएका छन् ।

मृत्यु हुनेको सङ्ख्या बढ्दै जाँदा गाजा पट्टीका प्यालेस्टिनीहरूले बढ्दो गम्भीर मानवीय सङ्कटको सामना गरिरहेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise