२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते ११:४३
जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध

एजेन्सी : दक्षिण जापानतर्फ मंगलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् । 

‘टाइफुन सानसान’ प्रति घण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीपसमूहतर्फ अघि बढिरहेको मौसम पूर्वानुमानकर्ताले बताएका छन्  । 

भारी वर्षाका कारण हामामात्सु र टोयोहाशीको मध्यशहरमा बुलेट रेल सेवा अवरुद्ध गरिएको थियो । 

जापान एयरलाइन्सले मंगलबार र बुधबार ११६ वटा आन्तरिक उडान र ६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्ने बताएको छ । 

मध्य सिजुओका क्षेत्रमा भारी वर्षा र सम्भावित भूस्खलन र दक्षिणी अमामी क्षेत्रमा आँधीको चेतावनी दिँदै जापान मौसम विज्ञान विभागले त्यहाँका बासिन्दालाई सम्भावित खतरनाक ठाउँमा नबस्न आग्रह गरेको छ ।

‘टाइफुन सानसान’ यस हप्ताको अन्त्यमा मुख्य दक्षिणी टापु क्युशुतर्फ लाग्ने अपेक्षा गरिएको छ । 

जापानमा आएको आँधीले यस महिना सयौं उडान र रेल सेवा अवरुद्ध गरेको छ । भारी वर्षाको बाबजुद टाइफुन सानसानले टोकियो सहर पार गरी प्रशान्त तटतर्फ अघि बडेकाले सहरमा सामान्य क्षति पुगेको छ । 

तटीयरेखाको नजिकमा रहेका क्षेत्रमा बारम्बार आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव तीव्र र लामो समयसम्म रहने गत महिना जारी एक अध्ययनले जनाएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise