२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

अवैध लागुऔषधसहित चार जना पक्राउ

ADV
मध्यान्ह
२०८१ भदौ ११ गते १६:१४
अवैध  लागुऔषधसहित चार जना पक्राउ

काठमाडौंः अवैध लागुऔषधसहित चार जना पक्राउ परेका छन् । सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१० बुलबुले नजिक होटेलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ४० मिलिग्राम र नगद ४३ हजार ५ सय रूपैयाँसहित जुम्ला हिमा गाउँपालिका–३ बस्ने २३ वर्षीय प्रकाश नाथ योगीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

यस्तै, झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ९२ मिलिग्रामसहित सोही नगरपालिका–८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ३२८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

साथै सोधपुछको क्रममा भक्तपुर सुर्यविनायक नगरपालिका–३ बस्ने २८ वर्षीय सन्दिप थापा र २४ वर्षीया जोशिका श्रेष्ठ थापाको समेत संलग्नता रहेको खुल्न आए पश्‍चात दुवै जनालाई भद्रपुर नगरपालिका–८ हस्पिटल मोडबाट प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise