२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

युक्रेनी ड्रोन आक्रमणपछि रूसी इन्धन भण्डारमा आगलागी

ADV
मध्यान्ह
२०८१ भदौ १२ गते १७:५०
युक्रेनी ड्रोन आक्रमणपछि रूसी इन्धन भण्डारमा आगलागी

मस्को : युक्रेनी ड्रोन आक्रमणपछि दक्षिणपश्चिम रूसको रोस्तोभ क्षेत्रमा रहेको इन्धन भण्डारमा आगलागी भएको क्षेत्रीय गभर्नरले बुधबार बताएका छन् ।

गभर्नर भासिली गोलुवेभले टेलिग्राममार्फत अग्नि नियन्त्रकहरू अझै पनि आगो निभाउँदै गरेको जनाउँदै आगलागीले आवासीय घरहरू जोखिममा नपरेको उल्लेख गरे ।   

उनका अनुसार युक्रेनी सीमाबाट करिब २०० किलोमिटर टाढा रहेको छुट्टै युक्रेनी ड्रोन आक्रमणपछि अगस्ट १८ देखि रोस्तोभको प्रोलेटास्र्कमा रहेको तेल भण्डारण केन्द्रमा ठूलो आगलागी भइरहेको छ ।

सन् २०२२ मा द्वन्द्व सुरु भएदेखि युक्रेन र रूसले एक अर्काका इन्धन तथा ग्याँस सुविधाहरूलाई लक्षित गरी आक्रमण गरेका छन् ।

यस अघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका तेल भण्डारण लक्षित आक्रमण गरेकोमा सेनाको प्रशंसा गर्दै आक्रमणले द्वन्द्वको ‘न्यायपूर्ण अन्त्य’ हासिल गर्न योगदान पु¥याउने बताएका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise