२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पाँचथरको फालेलुङमा विस्फोटक पदार्थ पड्किँदा ४ बालक घाइते

ADV
लेखनाथ सिकारु
२०८१ भदौ १३ गते २१:३०
पाँचथरको फालेलुङमा विस्फोटक पदार्थ पड्किँदा ४ बालक घाइते

पाँचथर : पाँचथर  फालेलुङ ५ प्राखङवुङमा विस्फोटक पदार्थ पड्किँदा ४ जना बालक घाइते भएका छन् । बिहीबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किँदा ४ बालक घाइते भएका हुन् ।

फालेलुङ ५ प्राखवुङ डाँडागाउँका आइतरात केरुङको घरमा बिस्फोट भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने एक जना सामान्य घाइते भएका छन् ।

विस्फोटमा परी दिलिप साँवाको ११ वर्षीय छोरा दिपसन र २ वर्षीया छोरी प्रियाङका साँवा  सोही घरमा बस्दै आएका ज्ञान बहादुर राईका ११ वर्षीय छोरा पवन राई गम्भीर घाइते भएका छन् भने विस्फोटबाट दीपक राईका ७ वर्षीय छोरा सामान्य घाइते भएका छन् ।

गम्भीर घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ भने  सामान्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको फालेलुङ ५ वडाध्यक्ष भरत खपाङ्गीले जानकारी दिए । 

घटना बिहीबार दिउँसो ३ः३० बजे बिस्फोट भएको स्थानीयको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको पाँचथरका प्रमुख हेमन्त भण्डारीले जानकारी दिए । ‘सम्भवतः  विगतको सशस्त्र द्वन्द्व कालमा छाडिएका माइन हुन सक्छ’ पाँचथरका अधिकारकर्मी मंगल वेघाले भने । केही वर्ष अगाडि हिलिहाङ गाउँपालिकामा पनि यस्तै घटना घटेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise