२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

ब्राइडल फेशन प्रतिस्पर्धामा बिना उत्कृष्ट

ADV
मध्यान्ह
२०८१ भदौ १७ गते २१:०२
ब्राइडल फेशन प्रतिस्पर्धामा बिना उत्कृष्ट

काठमाडौं : काठमाडौंको राष्ट्रिय नाचघर जमलमा ‘एमकेएम फेशन हाउस ब्राइडल फेशन शो’ प्रतिस्पर्धा सम्पन्न भएको छ । चर्चित अभिनेत्री गौरी मल्लको विशेष आतिथ्यतामा काठमाडौंको डिल्लीबजारमा रहेको एमकेएम फेशन हाउसले काठमाडौंको राष्ट्रिय नाचघर जमलमा ‘एमकेएम फेशन हाउस ब्राइडल फेशन शो’ प्रतिस्पर्धा गरेको हो । सो प्रतिस्पर्धाको ग्राण्ड फिनालेमा एमकेएम फेशन हाउसबाट फेशन डिजाइनसम्बन्धी प्रशिक्षण लिएका डिजाइनरहरुबीच ब्राइडल फेशनमा प्रतिस्पर्धा भएको थियो ।

ती डिजाइनरहरुले तयार पारेका ब्राइडल पहिरनहरुमा सजिएर विभिन्न मोडलहरु र्‍याम्पमा उत्रिएका थिए । सोही आधारमा निर्णायकले उत्कृष्ट ब्राईडल फशेन चयन गरेका हुन् । नजिकिँदै गरेको तिजको अवसर पारेर यो फेशन शो आयोजना गरिएको थियो ।

सो प्रतिस्पर्धामा एमकेएम ब्राइडलतर्फ बिना बलामी रायले उत्कृष्ट ब्राइडल फेशन डिजाइनरको उपाधि जित्न सफल भएकी छन् । यस्तै ब्राइडल फेशन डिजाइनरमै चन्दु बलामीले फस्ट रनरअपको उपाधि तथा रेनु पन्जियारले सेकेन्ड रनरअपको उपाधि जिते । प्रतियोगितामा मिनित राई र नुहाङ्मा राईले पब्लिक च्वइस तथा कविता बस्नेतले भ्युअर्स च्वाइस अवार्ड हासिल गरे । उनीहरुलाई अभिनेत्री गौरी मल्ल, एमकेएम फेशन हाउसकी अध्यक्ष दिलमाया मगरले विजेताहरुलाई सो अवार्ड प्रदान गरे ।

फेशन समारोहमा एमकेएम फेशन हाउसकी अध्यक्ष एवम् लोकप्रिय फेशन डिजाइनर दिलमाया मगरले तयार गरेका पहिरन पनि विभिन्न मोडलहरुले प्रस्तुत गरे । फेशन डिजाइनमा सक्रिय दिलमायाले तयार गरेका विभिन्न डिजाइन फेशनहरु यसअघि पनि एकल फेसन शोको रुपमा  धेरै पटक प्रस्तुत भइसकेका छन् । फेशन डिजाइनमा डिप्लोमा गरेकी उनले बुटिकसँगै पछिल्लो समय फेशन डिजाइन प्रशिक्षण केन्द्र पनि सञ्चाल गरिरहेकी छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise