२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

इजरायलले सैन्य दबाब कायम राखे बन्धक ‘कफिनभित्र’ फर्काइने हमासको चेतावनी

ADV
मध्यान्ह
२०८१ भदौ १८ गते १३:३२
इजरायलले सैन्य दबाब कायम राखे बन्धक ‘कफिनभित्र’ फर्काइने हमासको चेतावनी

काठमाडौंः हमासको सशस्त्र सेनाले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू ‘कफिनभित्र’ फर्काइने र इजरायली सेनाले आक्रमण गरेमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई ‘नयाँ निर्देशन’ दिइएको चेतावनी सोमबार  दिएको छ ।

पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउदै आएको छ । यसै गरी प्रधानमन्त्री नेतान्याहुले हमासले शान्ति नचाहेकाले बन्दकरुहको हत्या गरेको दाबी गर्दै आएका छन् । 

यही स्थिति कायम रहेमा बन्दकहरु कफिनभित्रै  फर्किने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले विज्ञप्तिमार्फत जनाएका छन् । यस अघि छ जना बन्धकहरूलाई ‘मृत्युदण्ड’ दिएपछि सेना बन्दकहरु राखेको स्थानमा पुगेमा उनीहरूसँग गर्ने व्यवहारका सम्बन्धमा कैदीहरूको रक्षा गर्न तोकिएका सुरक्षाकर्मीलाई नयाँ निर्देशन जारी गरिएको छ । (एजेन्सी)

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise