२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

म्यान्मा–लाओस सीमामा डुङ्गा दुर्घटना हुँदा २० जना बेपत्ता 

ADV
मध्यान्ह
२०८१ भदौ १९ गते १६:२८
म्यान्मा–लाओस सीमामा डुङ्गा दुर्घटना हुँदा २० जना बेपत्ता 

लाओसः म्यान्मा र थाइल्यान्डको बीचमा अवस्थित ‘गोल्डेन ट्राएङ्गल’ क्षेत्रको मेकोङ नदीमा भएको डुङ्गाा दुर्घटनामा परी कम्तीमा २० जना बेपत्ता भएका छन् । बेपत्ताहरूको मृत्यु भएको आशङ्का गरिएको अधिकारीहरूले बुधबार बताएका छन् ।

थाइल्यान्डको उत्तरी चियाङ राई प्रान्तका प्रहरी प्रमुख मनोप सेनाकुलले बताएअनुसार उक्त तीन देश विभाजन गरेको नदीमा ‘तीव्र प्रवाह’ को समयमा सोमबार राति ड्ङ्गा दुर्घटना भएको हो । घटनामा परेका थप १६ जना म्यान्माका नागरिकको उद्धार गरिएको उनले जनाए ।

म्यान्माका सञ्चारमाध्यमले उल्लेख गरेअनुसार डुङ्गा लाओसबाट म्यान्मा जाँदै गर्दा इन्जिनमा समस्या आएपछि दुर्घटनामा परेको थियो । सामाजिक सञ्जालमा साभार गरिएको भिडियोमा नदीको लाओस छेउमा रहेका मानिसहरूले  पानीबाट दुर्घटनामा परेका मानिसहरूलाई बाहिर निकाल्दै गरेको देखाइएको छ ।

अधिकांश बेपत्ता व्यक्ति पूर्वी म्यान्माको अर्ध–स्वायत्त क्षेत्र वाका भएको युनाइटेड वा स्टेट आर्मी (युडब्लुएसए) का प्रवक्ता न्यी रङले बताएका छन् । घटनाको अनुसन्धान गरिरहेकाले वास्तविक विवरण अझै आउन सकिनरहेको अधिकारीहरूले बताएका छन् । उनीहरुका अनुसार घटना लाओसको गोल्डेन ट्राएङ्गल स्पेशल इकोनोमिक जोन (एसईजेड) नजिकै भएको थियो । एसईजेड धेरै चिनियाँ स्वामित्वका क्यासिनो र होटलहरू रहेको स्थान हो । (एजेन्सी)
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise