२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

छायाँछवि तिज म्युजिक अवार्ड सम्पन्न

ADV
किस्ना आचार्य रोशनी
२०८१ भदौ १९ गते १६:२९
छायाँछवि तिज म्युजिक अवार्ड सम्पन्न

काठमाडौं : ११औं संस्करणको छायाँछवि तिज म्युजिक अवार्ड–२०८१ सम्पन्न भएको छ । ११औं संस्करणमा उत्कृष्ट मौलिक तिज गायिकातर्फ 'गम्कीदे मादलु'बाट एलीना चौहानले बाजी मारेकी छन् भने उत्कृष्ट तिज गीत गायिकामा 'हरदिन पूजा गर्छु म'बाट शोभा पाण्डे एवम् यही विधामा जुरीतर्फ बिन्दु बिसीले अवार्ड चुम्न सफल भइन् ।

उत्कृष्ट मौलीक तिज गीतको लयतर्फ 'काली पसम कि डोरी कसम' गीतबाट प्रेम सापकोटा सोनुले अवार्ड प्राप्त गरे । यसै गीतबाट स्मारिका ढकालले मौलीक तिज गीत मोडलमा बाजी मारिन् भने तिज गीत मोडल (महिला)तर्फ कविता न्यौपाने उत्कृष्ट बन्न सफल भइन् । साथै यसै विधामा 'तिजको उमङ्ग' गीतबाट शीला गजुरेलले जुरी अवार्ड प्राप्त गरिन् ।

छायाँछवि क्रियशनद्वारा आयोजित अवार्ड कार्यक्रमको अवसरमा चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा यस वर्षदेखि स्थापित छायाँछवि दिपाशा स्मृति पुरस्कार प्रदान गरिएको छ । एघार हजार एक सय एघार रुपैयाँ नगद राशि, सम्मान पत्र, दोसल्लासहितको छायाँछवि दिपाशा स्मृति पुरस्कार यस वर्ष चर्चित मोडल तथा म्युजिक भिडियो कलाकार संघकी प्रथम अध्यक्ष अञ्जु निरौलाले प्राप्त गरिन् ।

त्यसैगरी ११औं छायाँछवि तिज म्युजिक अवार्ड २०८१ कै अवसरमा मोडल सिम्रन दुलाल कुसुम, पत्रकार वर्षा खनाल, गायिका बबिना भट्टराई, वरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोक गायिका सञ्जु न्यौपानेलाई छायाँछवि तिज नारी सम्मानद्वारा सम्मान गरिएको छ । आ–आफ्नो क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएबापत उनीहरुलाई सम्मान गरिएको आयोजक छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताए ।

अवार्डमा जुरीका रुपमा गीतकार कृष्णादेवी आचार्य रोशनी, गायक भीम लिम्बू, गीतकार गोबिन्द भट्ट एवम् पत्रकार दीपज्योति थापा रहेका थिए । त्यस्तै कार्यक्रममा तिजसम्बन्धी सांस्कृतिक प्रस्तुति रहेको थियो । जसमा गायिका सहिमा श्रेष्ठ र गायिका अञ्जु श्रेष्ठले गायन प्रस्तुति दिएका थिए भने मोडल अस्मिता पुरी र निकिशा श्रेष्ठ एवम् सूर्याेदय डान्स स्टुडियोको नृत्य प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन दीपज्योति थापाले गरेकी थिइन् । कार्यक्रममा रमेशमान श्रेष्ठको सेट डिजाइन, छिरिङ भुटियाको साउण्ड डिजाइन रहेको थियो ।

छायाँछविले आयोजना गरेको कार्यक्रमका अध्यक्ष शान्तिप्रिय एवम् स्टेरिङ कमिटीमा माधवराज खरेल, श्रीदेव भट्टराई, गोकर्ण लामीछाने, कमला जोशी, भीम पौडेल, राजन थापा र दीपक थापा रहेका थिए । अवार्डको सल्लाहकार भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेवी एवम् देविका बन्दना थिए भने कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, लोक दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्षद्वय दुर्गा रायमाझी, चन्द्र शर्मा अफिसियल मिडियामा पार्टनर मध्यान्ह दैनिकका प्रकाशक तथा सञ्चालक सीतादेवी श्रेष्ठ, गायिका देविका बन्दना, साहित्यकार दामोदर पुडासैनी, कलाकार उत्तम केसी, अभिनेत्री मोडल जेविका कार्की, संस्कृतिकर्मी आरसी कोइराला, निर्देशक दिनेश कार्की, कलाकार गजति विष्ट, मोडल मञ्जिता केसीसहित चलचित्रकर्मी एवम् संगीतकर्मीको उपस्थिति रहेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise