२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

शरणार्थीको आगमन रोक्न काम गर्दै बंगलादेश

Nada
२०८१ भदौ १९ गते १८:०२
Shares
शरणार्थीको आगमन रोक्न काम गर्दै बंगलादेश

काठमाडौंः बंगलादेशमा हालैका हप्ताहरूमा हजारौँले सीमा पार गरेपछि त्यहाँको कामचलाउ सरकारले राज्यविहीन र उत्पीडनमा परेका रोहिङ्ग्या शरणार्थीहरूको नयाँ आगमन रोक्न काम गरिरहेको बताएको छ। करिब १० लाख रोहिङ्ग्याहरू बंगलादेशको विशाल र अव्यवस्थित राहत शिविरहरूमा बस्छन् । यसमध्ये अधिकांश संयुक्त राष्ट्रसङ्घीय अदालतमा मुद्दासमेत दर्ता भएको सन् २०१७ को जातीय हिंसापछिको सैन्य कारबाहीको क्रममा म्यान्माबाट भागेका थिए ।

ncell

पछिल्लो पलायनको कारण जुन्ताशासिशत बंगलादेशको छिमेकी र विद्रोही अराकान सेनाबीचको साझा सीमा नजिकै बढ्दो द्वन्द्व हो, जसले रोहिंग्या बाहुल्य माउङडो बस्तीका धेरै बासिन्दाहरूलाई विस्थापित गरेको छ।

अन्तरिम विदेशमन्त्री तौहिद हुसेनले मंगलबार साँझ पत्रकारसँग भने, ‘करिब आठ हजार रोहिङ्ग्या बंगलादेश प्रवेश गरेको जानकारी हामीसँग छ ।’ हुसेनले शरणार्थीहरूले सीमा पार गरेको समयावधि भने खुलाएनन् । उनले थप आगमनलाई कसरी रोक्न सकिन्छ भनेर काम गर्न यसै साता ‘गम्भीर रूपमा मन्त्रीमण्डलमा छलफल’ हुने बताएका छन् । उनले भने, ‘हामीलाई यो कुरा भन्न दुःख लागेको छ, तर अरुलाई आश्रय दिनु हाम्रो क्षमताभन्दा बाहिरको कुरा हो ।’

विद्रोही समूहसँग लड्न सेनाले बंगलादेशी शरणार्थी शिविरबाट दुई हजारभन्दा बढी रोहिङ्ग्यालाई भर्ती गरेपछि म्यान्माको स्थिति थप भड्किएको हो । यसले गर्दा अराकान सेनाले रोहिङ्ग्या नागरिकमाथि कथित प्रतिशोधात्मक आक्रमण गरेको छ। ‘वाचडग फोर्टिफाई राइट्स’ले गत महिना एक रिपोर्टमा अराकान सेनाले अगस्ट ५ मा ड्रोन र मोर्टार आक्रमण गरेको र त्यसमा १०० भन्दा बढी रोहिङ्ग्या पुरुष, महिला र बालबालिकाको मृत्यु भएको जनाएको थियो ।

अराकान सेनाले पटक–पटक बमबारीको जिम्मेवारी अस्वीकार गर्दै आएको छ । सेनाको रोहिङ्ग्यालाई सेनामा भर्ती गर्ने पछिल्लो कदमले बंगलादेशमा रोहिङ्ग्याको सुरक्षा स्थितिलाई थप जटिल बनाएको बंगलादेशी अधिकारीहरूले बताएका छन् । (एजेन्सी)

सम्बन्धित खबर