२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ को मृत्यु, ९ घाइते

ADV
मध्यान्ह
२०८१ भदौ २० गते १०:२६
अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ को मृत्यु, ९ घाइते

जर्जिया : अमेरिकाको जर्जियास्थित एक हाईस्कुलमा गोली चल्दा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हत्याको आरोपमा त्यहाँका विद्यार्थी रहेका १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार भएको यस घटनामा मारिनेमा दुई विद्यार्थी र दुई शिक्षक रहेको जर्जियाको अनुसन्धान एजेन्सीले जनाएको छ । गोली चलेको खबर पाएर प्रहरी पुगेपछि आक्रमणकारीले आत्मसमर्पण गरेका थिए ।

पक्राउ परेका आक्रमणकारीको पहिचान सोही विद्यालयमा अध्ययन गर्ने कोल्ट ग्रेको रूपमा भएको छ। अब उनलाई वयस्कको रूपमा मुद्दा चलाइनेछ । घटना भएको विद्यालयमा करिब १९०० विद्यार्थी अध्ययनरत छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise