२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

चीनमा सुपर टाइफुन यागीका कारण विद्यालय तथा उडान स्थगित

ADV
मध्यान्ह
२०८१ भदौ २० गते १५:०५
चीनमा सुपर टाइफुन यागीका कारण विद्यालय तथा उडान स्थगित

एजेन्सी : चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘यागी’ सुपर टाइफुनमा परिणत भइ टापू प्रान्त हाइनान प्रभावित भएपछि दक्षिणी चीनका सहरहरूमा बिहीबार विद्यालय तथा केही उडानहरू स्थगित गरिएको छ । 

आधिकारिक तथ्याङ्कअनुसार यागीले यस हप्ता फिलिपिन्सको लुजन टापूमा बाढी पहिरो निम्त्याउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार यागी दक्षिण चीन सागर पार गरी पश्चिममा चीनको हाइनानतर्फ गइरहेको अवस्थामा सुपर टाइफुनमा परिणत हुँदा दुई सय नौ किलोमिट प्रतिघण्टाको गतिमा हावा चलिरहेको थियो । 

प्रान्तीय विपद् व्यवस्थापन अधिकारीका अनुसार हाइनानले बिहीबार यागीलाई आपत्कालीन प्रतिक्रियालाई उच्चस्तरमा अपग्रेड गरेको छ । टाइफुनले शुक्रबार दिउँसो हाइनान वा छिमेकी गुआङ्गडोङमा अवतरण गर्ने अनुमान गरिएको छ ।

हाइनानको राजधानी हाइकोमा बिहीबार विद्यालय तथा स्थानीय यातायात सेवाहरू स्थगित गरिएको छ ।

हङकङमा यागीले प्रभाव नपार्ने अपेक्षा गरिए पनि मौसम विज्ञान विभागले सहरको तेस्रो उच्चतम टाइफुन चेतावनी जारी गर्ने जनाएको छ ।

हङकङका किन्डरगार्टेन र विशेष विद्यालय बिहीबार स्थगित गरिएको थियो भने बजेट एयरलाइन्स हङकङ एक्सप्रेसले छ वटा उडान पूनर्निर्धारित गरिएको जनाएको छ । 

यसैगरी ग्रेटर बे एयरलाइन्सले आँधीका कारण चारवटा उडान रद्द गर्ने र थप दुईवटाको पुनःतालिका तय गर्ने जनाएको छ ।

यागी सुपर टाइफुनको तीव्रतामै शुक्रबार बिहान हङकङको दक्षिणपश्चिममा करिब तीन सय किलोमिटरको गतिमा रहने मौसम बिज्ञान विभागले जनाएको छ ।  

यागीसँग सम्बन्धित आँधीबेहरीले बिहीबार राति र भोलि बिहान पर्ल नदीको मोहिराको वरपर असर पार्ने अनुमान गरिएको छ ।

दक्षिणी चीनपछि यागी भियतनामतर्फ बढ्नेछ र प्रसिद्ध युनेस्को सम्पदा स्थल हालोङ–बे वरपरको उत्तरी र उत्तर–मध्य क्षेत्रमा पुग्ने जनाइएको छ ।

भियतनामको मौसम विज्ञान एजेन्सीले बिहीबार आँधीबेहरीको चेतावनी जारी गरेको छ भने सरकारले आँधीको पूर्वतयारीका लागि सैन्य कर्मचारी परिचालन गरेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise