२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

ADV
मध्यान्ह
२०८१ भदौ २२ गते १५:५५
भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

काठमाडौं : भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् ।

नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका हुन् । शनिबार दिउँसो काठमाडौंको त्रिभुवन विमानस्थलमा अभिनेता सिद्धिकीलाई साम्बालाका निर्देशक मीन भाम लगायतले स्वागत गरे ।

फिल्मको प्रिमियर आइतबार हुँदैछ ।  प्रिमियरमा नवाजुद्दिन विशेष अतिथिका रूपमा सहभागी हुनेछन् ।

यो फिल्म बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएको थियो ।

मीनबहादुर भाम निर्देशित फिल्ममा हिमाली भेगकी गर्भवती महिलाले ल्हास्सामा हराएको श्रीमान खोज्दाको कथा समेटिएको छ। फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको अभिनय छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise