२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा सरकारले लिने

ADV
लेखनाथ सिकारु
२०८१ भदौ २२ गते २१:०७
पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा सरकारले लिने

काठमाडौं : पाँचथरको  फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा सरकारले लिने भएको छ  ।

आमसञ्चार क्षेत्रले घाइते बालबालिकाको उपचारमा सरकारको हेलचक्र्याइँ भन्ने समाचार प्रकाशन भएपछि स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका थिए । उनले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

घटनामा  घाइते भएका ४ जना बालबालिका मध्ये ११ वर्षीय दिप्सन साँवा र अढाइ वर्षीया प्रिन्सा साँवाको मृत्यु भइसकेको छ ।  

उनीहरु दाजु बहिनी हुन् । पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।  फालेलुङ गाउँपालिकाको डाडागाउँमा आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विष्फोटक पदार्थ ( द्वन्द्वकालको ह्यान्डमेड सकेट बम) विष्फोट हुँदा उक्त घटना भएको हो ।

पाँचथरमा यसअघि पनि पटक– पटक बम विस्फोट हुँदा यस्ता खाले घटना भएका छन् । फालेलुङ गाउँपालिकाले भद्रपुरदेखि काठमाडौंसम्मको हवाई टिकट काटिदिएको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise