२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘प्रकाशहरु’माथि राजनीति

ADV
२०८१ भदौ २३ गते ०६:५५
‘प्रकाशहरु’माथि राजनीति

दुई हप्ता यता भोजपुरका प्रकाश तामाङ राष्ट्रिय चर्चामा छन् । उनलाई चिन्ने नेपालीको संख्या असाध्यै ठूलो बनेको छ । विशेषगरी युट्यूब, रिल्स्, टिकटक जस्ता श्रव्य÷दृष्य माध्यम मार्फत् उनको चर्चा राष्ट्रब्यापी बनेको छ । नेपाली भाषी पुगेका देशहरुमा प्रकाश चिनिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैले चासोका साथ भेटेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहयोगको बचन दिएका छन् । उनी साढे तीन दशक बढी बसेका गोरखाको च्यमनुब्री गाउँपालिकाले सहयोग रकम घोषणा गरेको छ । पालिका उपप्रमुखले माला लगाएरै प्रकाशलाई भोजपुर घर फर्कन विदाइ गरेकी थिइन् । भोजपुरका सांसद् र पूर्वमन्त्रीहरुले आर्थिक सहयोगको घोषणा गरेका छन् । देशविदेशबाट प्रकाशलाई सहयोगको बचन दिने संख्या बढिरहेको छ । 

सहयोग घोषणाको होड चल्नु, प्रधानमन्त्री आफैले भेट्ने चाहना राख्नु र आमसाधरणको मन छनुमा प्रकाशको कथाले काम गरेको छ । उनी साढे तीन दशक बढी समय घरपरिवारबाट हराएका थिए । झापाबाट आफन्तको साथमा काठमाडौ आएका प्रकाश सम्पर्क विहीन भएका थिए । उनलाई भेट्नेले उत्तरी गोरखा चुम भ्याली लगे । चुम भ्याली देशका अरु भूगोल भन्दा टाढा थियो, सजिलै सम्पर्क हुन सक्थेन । त्यसैले लगभग जीन्दगी प्रकाशले चुम भ्यालीमै बिताएका थिए । तर ‘हेर्ने कथा’ कार्यक्रम मार्फत् उनी परिवारको सम्पर्कसम्म पुगे । चुम भ्यालीबाट परिवारको सम्पर्कमा साढे तीन दशकपछि भेट्दाको दृष्य कथामार्फत् सार्वजनिक भएको थियो । त्यही कथाले तानेर अहिले प्रकाश देशविदेशमा चिनिएका छन्, एक दयाका पात्रका रुपमा । 

उनप्रतिको दयाभाव एकप्रकारले राजनीतिमै बदलिएको सहज अनुमान लगाउन सकिन्छ । त्यसैले प्रकाशलाई गरिएको सहयोग सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष प्रशासनको होड देखिन्छ । जबकी प्रकाश जस्ता अरु प्रकाशहरुको अवस्था बदल्न सरकारले नीतिगत पहलकदमी लिनुपर्ने हो । रोजगारीको खोजीमा प्रकाश काठमाडौं आएर हराएका थिए । अहिलेका प्रकाशहरु संसारका विभिन्न देश पुगेर अलपत्र परिरहेका छन् । तर उनीहरुको कथा सार्वजनिक भएको छैन । अलपत्र परेकाहरु समाचारको सानो अंशमा सीमित छन् । सरकारले खोजी गर्नुपर्ने, सहजीकरण गर्नुपर्ने त्यस्ता प्रकाशहरुको हो । विशेषगरी निरपेक्ष गरिबीको रेखामुनि रहेका ६० लाख नेपालीको जीवन बदल्ने संकल्प र कार्यक्रम ल्याइनुपर्ने हो । तर एउटै प्रकाशको पछाडि सिंगो देश दौडिरहेका छन्, त्यो पनि प्रकाश मार्फत् आफू लोकप्रिय हुने लोभमा ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise