२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

अफगानिस्तानमा १ लाख बढी लागुऔषध प्रयोगकर्ता अस्पतालमा भर्ना

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते ११:१२
अफगानिस्तानमा १ लाख बढी लागुऔषध प्रयोगकर्ता अस्पतालमा भर्ना

काबुल : अफगानिस्तानमा एक लाख २२ हजार लागुऔषध प्रयोगकर्ताहरू अस्पतालमा भर्ना भएका छन् । 

अफगानिस्तान काउन्टर–नार्कोटिक पुलिसले विगत तीन वर्षमा ७८ हजार अपरेशन सञ्चालन गरेको थियो । अफगानिस्तानको काउन्टर नार्कोटिक्स पुलिस (सिएनपिए) नेशनल पुलिसको कमान्डअन्तर्गत मुलुकमा लागुऔषधसँग सम्बन्धित अनुसन्धान र अपरेसनहरू सञ्चालन गर्ने विशेषज्ञ बल हो । 

यसमा २० हजार लागुऔषध संदिग्धहरू पक्राउ परेका देशको काउन्टर नार्कोटिक्स विभागका उपप्रमुख मुल्लाह अब्दुल हक हमकरले बताए । 

हमकरका अनुसार अफगानिस्तान काउन्टर नार्टोटिक पुलिसले पनि यस अवधिमा देशभर एक हजार चार सय ५० लागुऔषध प्रयोगशाला र ३७ हजार अफिम खेती नष्ट गरेको छ ।

अफगानिस्तानको कार्यवाहक सरकारले लागुऔषधको खतरा हटाउन अफिम खेती, लागूपदार्थको प्रशोधन र लागूऔषध ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise