काठमाडौं : आईसीसी टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित हात पारेको छ । बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । मलेसियाले दियको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाए ।
२१ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । ज्ञानेन्द्र आईसीसी टि–ट्वान्टी अन्तरराष्ट्रियमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । नेपालका लागि प्रदिप ऐरीले १२ रन बनाए ।
यसअघि मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन पूरा गर्यो । मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रनको योगदान गरे । त्यस्तै भरन्दीप सिंहले २१ रन बनाउँदा अहमेद फिचले ९ रन जोडे ।
मलेसियाका लागि ओपनरमा आएका अनुवर अरुदीन र साफिद सफ्रिद विना रन आउट भए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै नेपालका बसन्त रेग्मीले दुई विकेट लिँदा सन्दीप लामिछाने र करण केसीले एक–एक विकेट लिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies