२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

हसिनाको सुपुर्दगीको माग गर्दै बंगलादेश

shivam cement
२०८१ भदौ २४ गते १७:५७
Shares
हसिनाको सुपुर्दगीको माग गर्दै बंगलादेश

काठमाडौँ । बंगलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बंगलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ ।

बंगलादेशमा विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनैतिक रूप धारण गरेपछि तत्कालीन प्रधानमन्त्री सेख हसिना अगस्ट ५ मा हेलिकप्टरमार्फत भारतको नयाँ दिल्ली पुगेकी थिइन् । उनको विदेश पलायनपछि सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेकी थिइन् ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) का प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले मुख्य अभियुक्त हसिना विदेश पलायन भएको अवस्थामा उनलाई फिर्ता ल्याउन कानुनी प्रक्रिया सुरु गरिने बताए । सन् १९१७ मा स्वतन्त्रताको लडाइँका क्रममा भएका अत्याचारको छानबिन गर्न हसिना आफैले सन् २०१० मा आईसीटीको स्थापना गरेकी थिइन् ।

हाल हसिनाको सरकारमाथि सामूहिक नजरबन्द तथा राजनीतिक विरोधीको हत्यासहित व्यापक मानव अधिकार हननको आरोप लागेको छ । हसिना प्रशासनले सन् २०१३ मा भारतसँग बंगलादेशले उक्त सन्धिमा हस्ताक्षर गरेको इस्लामले उल्लेख गरे।

हसिनालाई बंगलादेशमा भएको नरसंहारको मुख्य अभियुक्तका रूपमा व्याख्या गर्दै कानुनी रूपमा उनलाई बंगलादेश फिर्ता ल्याउने प्रयास गर्ने इस्लामले बताए । अपदस्त प्रधानमन्त्री हसिना बंगलादेशबाट भागेदेखि सार्वजनिक रूपमा देखा पर्नु भएको छैन भने उनको अन्तिम आधिकारिक ठेगाना भारतको राजधानी नयाँ दिल्ली नजिकैको सैन्य एयरबेस रहेको जनाइएको छ ।

ढाकाले हसिनाको कूटनीतिक पासपोर्ट औपचारिक रूपमा रद्द गरिसकेको छ भने भारतसँगको द्विपक्षीय सुपुर्दगी सन्धिले आपराधिक मुद्दाको सामना गर्न स्वदेश फर्कन अनुमति दिनेछ । यद्यपि सन्धिको एक खण्डमा अपराध ‘राजनीतिक चरित्र’ को भएमा सुपुर्दगी अस्वीकार गर्न सकिने प्रावधान रहेको छ ।

राजनैतिक उथलपछिको सरकार प्रमुखको कार्यभार सम्हालेका नोबेल शान्ति पुरस्कार विजेता अन्तरिम नेता मुहम्मद युनुसले गत हप्ता हसिनालाई मुद्दाको सामना गर्न स्वदेश नफर्की निर्वासित रहँदासम्म ‘शान्त बस्न’ प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) सँगको कुराकानीमा आग्रह गरेका थिए ।

हसिनाको बहिर्गमनभन्दा पहिले हप्तौँसम्म भएको आन्दोलनका क्रममा ६०० भन्दा बढी मानिसहरू मारिएको राष्ट्रसङ्घको प्रारम्भिक प्रतिवेदनले जनाएको थियो । बंगलादेशले यसअघि हसिनाको शासनकालमा सुरक्षा बलद्वारा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको विषयमा उच्च अदालतका सेवा निवृत्त न्यायाधीशको नेतृत्वमा अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित खबर