२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

श्रीलङ्काको पर्यटन आम्दानी दुई अर्ब अमेरिकी डलरभन्दा बढी

Nada
२०८१ भदौ २४ गते १८:१३
Shares
श्रीलङ्काको पर्यटन आम्दानी दुई अर्ब अमेरिकी डलरभन्दा बढी

काठमाडौंः श्रीलङ्काले सन् २०२४ को पहिलो आठ महिनामा पर्यटनबाट दुई अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएको छ ।उक्त अवधिमा श्रीलङ्काले दुई अर्ब १७ करोड डलर कमाएको छ । यो सन् २०२३ को सोही अवधिको तुलनामा ६६ दशमलव एक प्रतिशतले बढी हो ।

ncell

सोही अवधिमा पर्यटक आगमनमा पनि ५० दशमलव सात प्रतिशतले वृद्धि भएको र सन् २०२४ को पहिलो आठ महिनामा १३ लाख ६० हजार पर्यटक आएको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ । सन् २०२४ अगस्टमा पर्यटक आगमन एक लाख ६४ हजार छ सय नौ थियो । यो सङ्ख्या सन् २०२३ अगस्टको तुलनामा लगभग २० प्रतिशतले वृद्धि भएको हो ।

पर्यटन श्रीलङ्काको शीर्ष विदेशी राजस्व उत्पन्न गर्नेमध्ये एक माध्यम हो । श्रीलङ्का पर्यटन प्रवर्द्धन ब्युरोका प्रबन्ध निर्देशक नलिन परेराले श्रीलङ्काली पर्यटन अधिकारीहरूले सन् २०२५ मा ३० लाख विदेशी पर्यटकहरूको अपेक्षा गरेको बताए । (एजेन्सी) 

ताजा खबर

सम्बन्धित खबर