काठमाडौं : आईसीसी टी-२० एसिया छनोटमा कुवेतले पहिलो जित निकालेको छ । आज बिहान सिंगापुरमा भएको खेलमा कुवेतले कतारलाई १० रनले हराएको हो । शुरुमा ब्याटिङ गरेको कुवेतले पुरै ओभर खेल्दै १ सय ९७ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको कतार २० ओभरमा १ सय ८८ रन भन्दा बनाउन सकेन । कुवेत पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो । दोस्रो खेल बर्षाका कारण अबरुद्ध भएपनि सिंगापुरसँग अंक बाँडेको थियो ।
कतारलाई हराएपछि कुवेतले तीन खेलबाट तीन अंक जोडेको छ । पहिलो खेलमा सिंगापुरसँग पराजित भएको कतारले दोस्रो खेलमा नेपाललाई हराएको थियो ।
दुई खेलबाट तीन अंक जोडेको घरेलु टोली सिंगापुर रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा छ । दोस्रो हारपछि कतारको तीन खेलबाट दुई अंक मात्र छ । नेपालले भोली कुवेतसँग तेस्रो खेलमा प्रतिस्पर्धा गर्दैछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies