२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

केदारनाथ जाने बाटोमा पहिरो, पाँच जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते १३:१९
केदारनाथ जाने बाटोमा पहिरो, पाँच जनाको मृत्यु

नयाँ दिल्ली : भारतको उत्तराखण्ड राज्यको पवित्र धार्मिक स्थल केदारनाथ जाने बाटोमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । सोनप्रयाग र रुद्रप्रयागबिचको बाटोमा पहिरो खस्दा तीर्थयात्रीहरूको एउटा समूह फसेका थिए । 

घाइते अन्य तीन जनाको उद्धार गरिएको छ । पहिरोबाट ढुंगा खस्ने क्रम जारी रहँदा उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ । पहिरोमा अरू तीर्थयात्री पनि पुरिएको हुन सक्ने आशङ्का गरिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाको जानकारी दिँदै यात्रुको सुरक्षाको कामना गरेका छन् । केही यात्रुहरू सोनप्रयाग–मुंकटिया (रुद्रप्रयाग) बिचको बाटोमा पहिरोमा पुरिएको भन्ने अत्यन्तै दुखद खबर प्राप्त भएको भन्दै उनले माइक्रोब्लगिङ वेबसाइट एक्समा पोस्ट गरेका छन् ।

‘स्थानीय प्रशासन, एनडीआरएफ र एसडीआरएफका टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन् । म पनि सम्बन्धित अधिकारीहरूसँग सम्पर्कमा छु र उद्धार कार्यको निगरानी गरिरहेको छु,’ उनले पोष्टमा लेखेका छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise