२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भियतनाममा आँधीका कारण ८२ जनाको मृत्यु

Nada
२०८१ भदौ २६ गते १२:२२
Shares
भियतनाममा आँधीका कारण ८२ जनाको मृत्यु

काठमाडौँ : भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले ८२ जनाको मृत्यु भएको छ ।

ncell

अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ । हिमाली प्रान्त काओ बाङमा १९ जनाको मृत्यु र ३६ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा लाओ काई प्रान्तका १९, येन बाई प्रान्तका २२, क्वाङ चिन्ह प्रान्तका ९ जना समेत रहेको बताइएको छ । अन्य मृत्यु राजधानी हनोई, हाई फोङ सहर, होआ बिन, हाई डुओङ, लाङ सन, टुएन क्वाङ, हा जियाङ र लाइ चाउ प्रान्तका थिए ।

मन्त्रालयको डाइक व्यवस्थापन तथा विपद् रोकथाम तथा नियन्त्रण विभागका अनुसार शक्तिशाली हावासहितको आँधी यागीले तटीय प्रान्त क्वाङ चिन्ह र हाई फोङ सहरका ४८ हजार ३३७ घरमा क्षति पुर्‍याएको छ ।

सम्बन्धित खबर