२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

बलात्कारमा फसाइदिने भन्दै ३० लाख असुली, इन्सपेक्टर शाहीविरुद्ध छानबिन शुरु, जिम्मेवारी खोसियो

ADV
मध्यान्ह
२०८१ असोज १० गते १३:२४
बलात्कारमा फसाइदिने भन्दै ३० लाख असुली, इन्सपेक्टर शाहीविरुद्ध छानबिन शुरु, जिम्मेवारी खोसियो

काठमाडौं : ललितपुरको भैंसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोपमा छानबिन शुरु गरिएको छ ।

बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोपमा छानबिनका लागि शाहीको जिम्मेवारी खोसिएको छ ।

इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।

घटनाको छानबिन गर्न जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको छ । समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाइ सथार्थ जानकारी दिनेगरी कार्यादेश दिइएको छ । 

समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise