२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

‘बालविवाह रोक्न सबैको साथ र सहयोग आवश्यक’

ADV
इसत्याक अहमद
२०८१ जेठ ३१ गते २२:४२
‘बालविवाह रोक्न सबैको साथ र सहयोग आवश्यक’

रौतहट : रौतहट राजपुर नगरपालिकाका नगर प्रमुख डा.राजिक आलमले बालविवाह रोक्न सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । वडा नं.४ मा आयोजित जनचेतनामूक सडक नाटक कार्यक्रममा उनले यस्तो बताएका हुन् । तराई मधेशमा बालविवाहका कारण समस्या हुने गरेको छ उनले बताए । 

बालविवाह न्यूनीकरण गर्न  स्थानीय सरकारहरु लाग्नुपर्ने उनले बताए । आलमले आफ्ना छोराछोरीको उमेर पुगेर आत्मनिर्भर भएपछि मात्रै विवाह गरिदिन आग्रह गरे । 

बालविवाह न्यूनीकरण सम्बन्धी जनचेतनामूलक  नाटक आरडिसी नेपालको सहयोगमा सम्पन्न भएको नगरपालिकाका नि. प्रशासकीय प्रमुख खुरसैद आलमले बताए । सडक नाटकमा बालविवाहका असर, बालविवाह रोकथामका उपायका बारेमा जानकारी गराइएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise