२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

हेलिकप्टरबाट पाँचथरका दुई सुत्केरीको उद्धार

ADV
लेखनाथ सिकारु
२०८१ असोज १५ गते २२:३४
हेलिकप्टरबाट पाँचथरका दुई सुत्केरीको उद्धार

पाँचथर : पाँचथर जिल्लाका दुई जना सुत्केरी व्यथा लागेका महिलाहरूलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगिएको छ । पाँचथरको  फालेलुङ गाउँपालिका-३ मा सुत्केरी व्यथा लागेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित प्रसूति गृह लगिएको हो ।

सुत्केरी व्यथा लागेका फालेलुङ-३ की १८ वर्षीया भूमिका पन्त चौहान र ३० वर्षीया सुजा जबेगुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं लगिएको हो । 

अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण ग्रामीण सडकहरूमा क्षति हुनुका साथै मोटरेबल पुलसमेत बढीले बगाएकाले सवारी साधनमार्फत सुविधा सम्पन्न अस्पताल लैजान सम्भव नभएपछि उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

फालेलुङ गाउँपालिकाको केन्द्र थोकेपुङबाट दिउँसो साढे २ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुको उद्धार गरिएको  फालेलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुरज कुमार पासवानले बताए । 

उनीहरु दुबै जनामा स्वास्थ्य समस्या देखिएको र स्थानीय बर्थिङ सेन्टरमा प्रसूति गराउन असम्भव देखिएपछि जिल्ला प्रशासन कार्यालय पाँचथरसँग समन्वय गरी उद्धार गरिएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise