२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

एकताबद्ध प्रयासको खाँचो

ADV
मध्यान्ह
२०८१ जेठ १७ गते १०:१२
एकताबद्ध प्रयासको खाँचो

सुर्तीजन्य पदार्थको प्रयोगबाट निस्कने निकोटिनको लतबाट मानिसलाई बाहिर निकाल्न हरेक वर्ष ३१ मेका दिन संसारभर सूर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइने गरेको छ । सन् १९८८ बाट बर्षेनि मनाइने यो दिवसको नारा यसपटक ‘प्रोटेक्टिङ चिल्ड्रेन फ्रम टुबाको इन्डस्ट्री इन्टरफेरेन्स’ तय गरिएको छ । अर्थात् बालबालिकालाई सुर्तीजन्य पदार्थहरुले पार्ने नकारात्मक प्रभावबारे प्रकाश पार्नु यस वर्षको नारा हो । राष्ट्र संघको सदस्य राष्ट्र भएकाले नेपालमा पनि बालबालिकालाई सुर्तीजन्य पदार्थले पार्ने नकारात्मक प्रभावबारे जानकारी गराएर यो दिवस मनाइदैछ । तर सार्वजनिक विदा नदिएसम्म कुनैपनि दिवसले आमरुप नलिने प्रचलनका कारणले यो दिवसबारे धेरै बहस हुने गरेको देखिदैन ।

जबकी सुर्तीजन्य पदार्थको प्रयोग मुलुककै ठूलो समस्या हो । विभिन्न अनुसन्धानहरुका अनुसार, संसारमा हरेक ८ सेकेण्डमा एक जना मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनबाट हुने गर्छ । मृत्यु हुने १० जना मध्ये १ जना सुर्तीजन्य पदार्थ प्रयोगकै कारण हुन्छन् । नेपालमै पनि वर्षेनि ३७ हजार मानिसको मृत्युको कारण सुर्तीजन्य पदार्थ सेवन रहेको अनुसन्धानहरुले देखाउँछ । राष्ट्र संघकै निष्कर्ष बमोजिम पनि सुर्तीजन्य पदार्थको सेवन संसारकै सवैभन्दा ठूलो संकट हो । कुनै युद्ध, अपराध, हिंसा, दुर्घटनाहरुबाट मृत्यु हुने भन्दा दोब्बर बढी संख्यामा सुर्तिजन्य पदार्थ सेवनबाट मानिसले ज्यान गुमाउने गर्छन् । त्यसैले सुर्तीजन्य पदार्थ प्रयोगविरुद्ध संसारभर ठूलठूला अभियान चलाउने गरिएको छ । विकसित देशहरुले सार्वजनिक स्थलमा धुम्रपान प्रयोगमा बर्जित गर्ने, उत्पादनमा निरुत्साहित गर्ने, करको मात्रा बढाउने जस्ता प्रयत्नहरु भएका छन् । 

नेपालमै पनि सुर्तीजन्य पदार्थ प्रयोगमा कडाइ गरिदै लगिएको छ । यसअघि आमसञ्चार माध्यममै सुर्तीजन्य उत्पादनको विज्ञापन गरिन्थ्यो । तर क्रमशः सुर्तीजन्य पदार्थ उत्पादनको सार्वजनिक प्रचारमा रोक लगाउने, कर घटाउनेदेखि उपभोगमा निरुत्साहित गरिदै आएको छ । चुरोट, सुर्ती, गुट्खाको प्याकेटमा फोक्सो, कलेजो र क्यान्सरबाट क्षतिग्रस्त मानव मुहारको चित्र राखिएको छ । तर अहिले पनि धुम्रपानको लतमा पर्ने मानिसहरुको संख्या घट्न सकेको छैन । धुम्रपान सेवनको थालनि किशोर उमेरमै हो । साथीबाट उसले सुर्तीजन्य पदार्थ सेवनको कुलतमा फस्ने गरेको अनुसन्धानहरुले देखाएको छ । त्यसैले हरेक अभिभावकले आफ्ना बालबालिकालाई यस्तो कुलतबारे आवश्यक चेतना दिने हो भने सुर्तीजन्य पदार्थविहीन समाज निर्माण हुन पुग्छ । तर त्यसका लागि सिंगो राज्य, समाज र अभिभावक एकताबद्ध हुन जरुरी छ । 

ADVADV

सम्बन्धित खबर

Advertise